काठमाडौं । नेकपा(एमाले) विभाजन भइसकेपछि पनि दोस्रो पुस्ताका भनिने नेताहरुले पार्टी एकताको रटानमै छन् । नयाँ पार्टी गठन गर्ने माधव नेपालको निर्णयमा साथ नदिएका उनीहरुले दुवै पक्षले आफ्नो निर्णय सच्याउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधबारसम्म माधव नेपालपक्षीय दाबी गर्दैआएका र ओलीलाई लाभ पुर्याउँदै आएका स्थायी कमिटी सदस्यहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
दोस्रो पुस्ताका नेताहरु युवराज ज्ञवाली, भीमबहादुर रावल, घनश्याम भूसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृतकुमार बोहरासहितको बैठकले ओली र नेपाल दुवैलाई एकतामा आउनका लागि पहल गर्ने दाबी गरेका छन् । उनीहरुले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्र्ष निकालेको सचिव गोकर्ण बिष्टले बताएका छन् । ओलीले असार २७ को १० बुँदे सहमति अक्षरशः पालना गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।
दोस्रो पुस्ताका नेताहरुले कार्यदलस्तरमा एकताको लागि महिनौंसम्म प्रयास गर्दा पनि केपी शर्मा ओली तयार नभएको जगजाहेर छ । ओलीकै कारण पार्टी नै विभाजन भइसकेको अवस्थामा दोस्रो पुस्ताका नेताहरुको यो निष्कर्ष अरण्यरोदन मात्रै हुने भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend