काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएका छन् । उनले सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले मंगलबार एमालेका १४ सांसदलाई पार्टीबाट निस्कासन गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका थिए ।
दल दर्ताका लागि अध्यादेश जारी गर्ने दिन ओलीले सांसदलाई कारबाहीको पत्र दर्ता गराएका थिए । सभामुख सापकोटाले शीर्षनेतासहितलाई कारबाहीको माग गरिएको पत्रको प्रक्रिया अगाडि नबढाएपछि ओलीले आज एक सार्वजनिक कार्यक्रममा सभामुख सापकोटालाई धम्कीको भाषा प्रयोग गरेका छन् ।
एमाले अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफैं माओवादी कार्यकर्ताजस्तो बनेर र न्यायाधीशजस्तो बनेर निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । ओलीले धम्कीको भाषामा भनेका छन्–‘अग्नि सापकोटाजीलाई म सोध्न चाहान्छु– संसद चलाउनु छ कि छैन ? गैरकानुनी ढंगले, मनमौजी ढंगले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? एउटा पार्टी कार्यकर्ताको भूमिकामा रहेर सभामुख हुन सकिँदैन ।’
ओलीले नेकपा एमाले(समाजवादी) दर्ता गराएका माधव नेपालसहितका १४ सांसदलाई कारबाही नगरेको बिषयलाई लिएर संसद नै चल्न नदिने धम्की दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend