Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल निकट शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस, ओलीले नियुक्त गरेका अर्का प्रदेश प्रमुख हटाइए 


    बिहिबार, भाद्र ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले विभाजन भएको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटाबाट यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

    आज बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि तीन वटा प्रदेश प्रम्ुख परिवर्तन भइसकेका छन् । केपी शर्मा ओलीले नियुक्त गरेका विष्णु प्रसाईलाई हटाएर शर्मालाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो । प्रसाई झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजीत भएका थिए । मेयरमा पराजीत प्रसाईलाई ओलीले बागमती प्रदेशको प्रमुख बनाएका थिए ।

    माधव नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका शर्मालाई प्रदेश प्रमुख बनाएका छन् । शर्मा माधव नेपाल एमालेको महासचिव हुँदा पनि उनको सचिवालयमा निजी सचिव रहिसकेका थिए । उनी यसअघि एमालेको विदेश विभागको सचिव रहिसकेका छन् ।

    बुधबारमात्र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टठलक्ष्मी शाक्यलाई सपथ ग्रहण गराएका प्रसाईलाई बिहीबारै सरकारले हटाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार