Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार ७५ जना काेराेना संक्रमित थपिंदा २ हजार १ सय २६ जना निको भए, ३३ जनाको मृत्यु


    बिहिबार, भाद्र ३ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

    यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

    हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन् ।

    यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हु ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार