Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई ओलीकाे व्यङ्ग्य: एउटा इँटा खुस्किदैमा भवन नै ध्वस्त हुँदैन


    बिहिबार, भाद्र ३ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाजवादी नेपालका अध्यक्ष  माधव कुमार नेपाललाई व्यङ्ग्य गर्दै एउटा  इँटा खुस्किदा पूरै भवन नै ध्वस्त नहुने टिप्पणी गरेका छन् ।

    बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताउँदै यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताएका छन् ।

    उनले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार