Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अझै पनि देशभर एमाले सरकारकै बहुमत रहेकाे अध्यक्ष ओलीकाे दावी


    बिहिबार, भाद्र ३ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर हेर्दा एमाले कै बहुमतको सरकार रहेको दावी गरेका छन् । 

    बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएर आफूसँग प्रदेश र स्थानीय तहमा बहुमतको सरकार भएकाे दावी गरेका हुन् ।

    उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए । 

    उनले भने– ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार