Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखलाई एमालेको दवाव: कारबाहीमा परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गरियाेस


    बिहिबार, भाद्र ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कारबाहीमा परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न भन्दै नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दवाव दिएकाे छ ।

    बिहीबार सभामुख सापकोटालाई भेटेर एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन् ।

    यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार