Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओलीले आज विशेष सम्बोधन गर्दै


    बिहिबार, भाद्र ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा विशेष सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा एमाले भक्तपुरको आयोजना गरेकाे कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

    वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् । 

    यस्तै, आजै एक अर्को कार्यक्रममा माधव नेपालले पनि सम्बोधन गर्ने तालिका छ ।

    समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्क्रममा माधव नेपालसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पनि एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन्।

    emale-Bhaktapur-JPEG-1536x936.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार