Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा राजीनामा, अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री


    बुधबार, भाद्र २ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् ।

    पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

    प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । 

    यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्ममा शाक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार