काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई संक्रमण देखिएको छ ।