Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ पार्टी दर्ताका लागि ठाकुर पक्ष निर्वाचन आयोगमा, पार्टीकाे नाम जसपा लोकतान्त्रिक


    बुधबार, भाद्र २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । 

    संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

    जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग निवदेन दिएका हुन्   ।

    सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार