Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्ल्याट नै भाडामा यौनधन्दा, पक्राउ परेका ब्यापारी अग्रवाललाई छाड्न प्रहरीका उच्च अधिकारीको दबाब 


    बुधबार, भाद्र २ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुर प्रहरीले मंगलबार दिउँसो झम्सिखेलको एक घरबाट पक्राउ परेका ब्यापारी राजेश अग्रवाललाई छाड्न चर्को दबाब परेको छ । पूर्वएआइजी हेमन्त पालसहितका प्रहरीका उच्च अधिकारीले नै अग्रवाललाई छाड्न दबाब दिएका छन् । ललितपुर प्रहरीले मंगलबार झम्सिखेलबाट ४ महिलासहित ३ ब्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ब्यापारी अग्रवालसहित अरु २ जना पुरुष छन् । ब्यापारी अग्रवाललाई सुटुक्क छाड्न दबाब परे पनि मिडियामा समाचार आइसकेपछि प्रहरी हच्किएको छ ।

    झम्सिखेलमा फ्ल्याट नै भाडामा लिएर वेश्यावृत्ति गराउने एक महिलासहित ४ जना युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । फ्ल्याट नै लिएर यौन गतिबिधि गराएको गुनसो प्रहरीमा पुगेपछि छापा मार्ने क्रममा ब्यापारी अग्रवाल पक्राउ परेका थिए । भीआइपी ब्यापारी नै कोठीबाट पक्राउ परेकाले प्रहरीमाथि चर्को दबाब परेको छ ।

    पक्राउ परेका व्यापारीलाई मुद्दा नचलाई छाड्न प्रहरीमा अहिले पनि चलखेल भइरहेको प्रहरी स्रोत बताउँछ ।  ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले ३ जना पुरूष र ४ जना महिलालाई नियन्त्रणमा लिएको स्वीकार गरे पनि नाम भने बताउन चाहिनन् । 

    पक्राउ परेकाहरुको नाम बताउन आग्रह गर्दा बज्राचार्यले नेपालफेससँग भनिन्, केहीबेरमा प्रेस कन्फ्रेस गर्नेछौ । थाहा पाइहाल्नुहुनेछ । बुधबार बिहान १० बजे नै जानकारी दिने भने पनि प्रहरीले २ बजेसम्म पनि प्रेस कन्फ्रेन्स भने गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार