Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दलसम्बन्धी अध्यादेश आएसँगै ठाकुर पक्ष जसपा लोकतान्त्रिक दर्ता गर्ने तयारीमा


    बुधबार, भाद्र २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

    एक नेताका अनुसार जनता जसपा नेपाल (लोकतान्त्रिक) राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् । जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।

    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार