Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, भाद्र २ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले बढेको हो ।

    मंगलबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार २ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार