Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागलुङको बडिगाडका २७ घरमा बाढी पस्यो, मध्यरातमा भागाभाग


    बुधबार, भाद्र २ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।

    मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।

    गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ ।

    खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार