Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिले आजै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दै


    बुधबार, भाद्र २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गर्ने तयारी गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार सरकारले सिफारिस गरिसकेपछि प्रक्रियाअनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेकी हुन् ।

    राष्ट्रपतिले अध्यादेश जारी गर्नुअघि कानुनविद्हरुसँग परामर्श गर्नुपर्ने भएपनि हालसम्म त्यस्तो कुनै परामर्श भने नभएको अधिकारीको दावी छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । 

    यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार