Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दिनदेखि हराइरहेकी किशोरी मृत अवस्थामा भेटिइन्


    बुधबार, भाद्र २ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगंजबाट तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

    सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको हाे ।

    ३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव सडेको अवस्थामा लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार मृत शरीरमा त्यस्तो निलडाम र घाउ भने देखिएको छैन ।

    ३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।

    किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने डीएसपी बुढाथोकीले बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार