Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झम्सिखेलबाट महिलासहित व्यापारी पक्राउ, मुद्दा नचलाई छाड्ने तयारी


    बुधबार, भाद्र २ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर प्रहरीले झम्सिखेलको एक घरबाट केही महिलासहित व्यापारीलाई पक्राउ गरेको छ । वेश्यावृत्तिको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर ललितपुरले मंगलबार दिउँसो छापा हानेको थियो । घर भाडामा लिएर कोठी चलाएको आरोपमा प्रहरीले छापा हानेको हो ।

    पक्राउ परेका व्यापारीलाई मुद्दा नचलाई छाड्न चलखेल भइरहेको प्रहरी स्रोत बताउँछ । ‘परिसरकै टोलीले गोप्य रुपमा पक्राउ गरेको हो,’ पुल्चोक प्रभागका एक प्रहरी अधिकृत भन्छन्,‘अहिले मुद्दा नचलाई छाड्ने तयारी भइरहेको छ भन्ने सुनिएको छ ।’

    ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले ३ जना पुरूष र ४ जना महिलालाई नियन्त्रणमा लिएकाे जानकारी दिएकी छन् । 

    पक्राउ परेकाहरुको नाम बताउन आग्रह गर्दा बज्राचार्यले भनिन्, केहीबेरमा प्रेस कन्फ्रेस गर्नेछौ । थाहा पाइहाल्नुहुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार