काठमाडाैं । आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय बिनियमावली बिपरीत भएकाले पुनर्वहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले शुक्रबार दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
शाक्यले दायर गरेको उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
शुक्रबार पूर्व कार्यकारी निर्देशक शाक्यले आफूलाई प्राधिकरणबाट जबरजस्ती हटाइएको भन्दै कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्च पुगेका थिए ।
सर्वोच्च पुगेका शाक्यले आफुले राजीनामा नदिएको, कुनै स्पष्टीकरण समेत नसोधिकन आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत आफ्नो अधिकार हनन भएको जिकिर गरेका छन् ।