काठमाडौँ । सरकारले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई लक्षित गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन हुने निश्चित भएको छ।
त्यसो त मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिलायमा पत्र दर्ता गराएपछि एमाले विभाजन निश्चित भएको हो ।
कारवाहीस्वरुप पदमुक्तमा पर्ने सांसदहरूमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन्।
अध्यक्ष ओलीले आफूहरुलाई कारवाही गर्ने पत्र सचिवालयमा पठाएपछि नेपाल समूहका सांसदहरु नयाँ दल दर्ताको तयारीमा जुटेका छन्।
सरकारले अध्यादेशमार्फत २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरु दल दर्ता तयारीमा जुटेका हुन्।
नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका एक नेताले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’
स्रोतका अनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको स्रोतको भनाइ छ , ‘पार्टीको नाममा विभिन्न विकल्पमा छलफल भएको छ । त्यसका लागि केही साथीहरूलाई जिम्मा दिएको छ,’ स्रोतले भन्यो, ‘चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुन सक्छ तर टुंगिएको छैन । थप विकल्पको खोजी भइरहेको छ ।’
ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। नेता नेपालले विश्वास गरेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताल साथ नदिने भएपछि अन्य युवा नेताहरुसँग नेपालले धेरै भर गरेका छन्।
पछिल्लो समय नेता नेपाललाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ दिने देखिएको छ। बामदेव पत्नी तुलसा थापा नेपाल समूहको बैठकमा सहभागी भएपछि नेपाललाई गौतमले साथ दिने पक्का भएको हो। नेता नेपालले नयाँ दल दर्ता गर्ने भएपनि विगतमा उनलाई साथ दिँदै आएका केही नेताहरुले भने साथ नदिने भएका छन्।
यसअघि नता नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्ष भीम रावलले नेपालको साथ छोडेका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्दासम्म साथ रहेका रावल अहिले नेपालसँग टाढिएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend