Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यूजिल्याण्डमा एक व्यक्तिमा कोरोना संक्रमण भएपछि तीन दिन लकडाउन


    बुधबार, भाद्र २ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।

    न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

    न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । 

    न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताएकी छिन्। 

    न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । त्यहाँ पछिल्लो छ महिना यता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार