Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • एमालेको घाउमा अध्यादेशको चुक, पार्टी विभाजन हुने निश्चित !


    बुधबार, भाद्र २ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल ‘पानी बाराबार’को स्थितिमा पुगेको झन्डै तीन महिना भयो। यो पार्टीमा जुन ‘घाउ’ लागेको थियो त्यो अझै निको हुन पाएकै छैन। यही बेला सरकारले दल विभाजन गर्न सहज हुने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि ‘नुनचुक’सरह भएको छ। 

    सरकारले सोमबार अकस्मात् प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेपछि नै राजनीतिक वृत्त तात्यो। दल फुटाउने अध्यादेश ल्याउन लागेको भन्दै एमाले अध्यक्ष ओलीले राति नै एकताका पक्षमा विज्ञप्ति जारी गरे। तर, त्यसले नेपाल पक्षलाई छोएन। बरु अध्यादेश ल्याउने निर्णयसँगै एमाले एकताको ‘च्याप्टर क्लोज’ भएको टिप्पणी गर्न थालियो। 

    सरकारले दलहरूको स्थायित्वका लागि अध्यादेश ल्याएको हुन सक्छ। यद्यपि, यसले दीर्घकालीन रूपमा कस्तो असर गर्छ भन्नेमा अहिले नै धारणा बनाएर विरोधमा उत्रिनु उचित होइन। ओली पक्षले नेपाल पक्षका १४ सांसदको पद खारेजीका लागि संसद् सचिवालयमा पत्र पठायो। नेपाल पक्षले भने आफ्नो पक्षका सांसदको हस्ताक्षर संकलन गरेको छ। मुलुकको पुरानो र ठूलो कम्युनिस्ट पार्टी एमाले कुनै पनि बेला ‘विस्फोट’को अवस्थामा छ।  

    सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो। राष्ट्रपतिबाट जारी भएपछि एमाले विभाजन सानोतिनो प्रयासले नरोकिने एकतामा सक्रिय नेता नै बताउँछन्। 

    राजनीतिक दलसम्बन्धी ऐनको साविकको व्यवस्थाले पार्टी विभाजन हुने स्थिति छैन। नेपाल पक्षलाई अर्को पार्टी बनाउन आवश्यक (४० प्रतिशत) सांसद छैनन्। तर, संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत सदस्यको सहमति भए अर्को पार्टी बनाउन सकिने व्यवस्थासहित अध्यादेश ल्याउन लागिएको हो। राष्ट्रपतिबाट जारी भए नेपाल पक्षले संसदीय दल र केन्द्रीय कमिटीको २० प्रतिशत बढी सदस्य लिएर नयाँ पार्टी खोल्ने चर्चा चलेको छ। अन्नपुर्ण पोष्ट दैनिकमा  खबर छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार