Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘नेपाल अफगानिस्तानमा दिगो शान्ति चाहन्छ’ 


    बुधबार, भाद्र २ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो ।

     परराष्ट्र मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी “मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति, सुव्यवस्था तथा स्थायित्व कायम गर्न, देश छाड्न चाहने सबैलाई सडक, विमानस्थल वा सीमा नाकाबाट सुरक्षित एवं व्यवस्थितरुपमा प्रस्थानका निम्ति सहजीकरण गर्न पदमा रहेकालाई अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानको नेपाल खुलेर समर्थन गर्नाका साथै त्यसको सम्मान गर्न आह्वान गर्दछ”, भनेको छ ।

     दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थायित्व तथा उक्त देशका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धि भएको नेपालले देख्न चाहेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार