Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित बिर्तामोडबाट २ जना पक्राउ


    मंगलबार, भाद्र १ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बनियानी । झापाको बिर्तामोड नगरपालिकाबाट आज लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । 

    उनका  अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले  ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार