Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडविरुद्धको खोप शीघ्र व्यवस्था गर्न पर्यटन व्यवसायीको माग


    मंगलबार, भाद्र १ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको शीघ्र व्यवस्था गरी नागरिकलाई सुरक्षित गर्न सरकारसमक्ष माग गरेका छन् ।

     ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान, नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०, होटल सङ्घ, पर्वतारोहण सङ्घ, लगायत १२ भन्दाबढी संस्थाले आज स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग उनकै कार्यकक्षमा भेट गरी कोभिड महामारीबाट बच्ने एकमात्र प्रमुख आधार नै खोप भएकाले खोपको सुनिश्चितता गर्न आग्रह गरेका हुन् । साथै व्यवसायीले पर्यटन क्षेत्रका सङ्घ संस्थाका तर्फबाट स्वास्थ्यराज्यमन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

     व्यवसायीले राज्यमन्त्री श्रेष्ठलाई तीन बुँदे संयुक्त मागपत्र बुझाउँदै देशभरीका पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका पर्यटन सेवा प्रदायक एवं सम्बन्धित क्षेत्रका कामदार, कर्मचारी तथा सरोकारवालालाई कोभिडविरुद्धको खोप ३० दिनभित्र उपलब्ध गराउन माग गरेका छन् । कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेर आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने तथा तथा पीसीआर परीक्षणको व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपाल  प्रवेश बिन्दुहरुमा व्यवस्था गरी पोजेटिभ केसलाई मात्र क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार