काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् ।
विज्ञप्ति जारी गर्दै डा. केसीले आफुले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री देउवा सहमत भएकोले तत्काल आमरण अनशन नबस्ने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री देउवाले पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, स्वास्थ्य राज्यमन्त्रीको विषयलाई समयमा नै सम्बोधन गर्ने लगायतका प्रतिवद्धता जनाएको डा. केसीले विज्ञप्ति मा बताएका छन् ।
विभिन्न ५ बुँदे माग राखेका डा.केसीले आफ्नो माग पूरा नभए भदौ ३ गतेदेखि अनसन बस्ने बताएका थिए ।
