Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भट्टराई भन्छन्: दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याउनु मुलुकलाई अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र हाे


    मंगलबार, भाद्र १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन् ।

    मंगलबार सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिंदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने समेत बताएका हुन् ।

    विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु  र पुरानै गल्ती दोहोर्‍याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गरेका छन् । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार