Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पार्टी फुटाउन नेपाललाई ओलीकाे तगाराे, २० प्रतिशत पुर्याउन ५२ जना केन्द्रीय सदस्यको साथ चाहिने


    मंगलबार, भाद्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजनीतिक दल विभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने सरकारको निर्णय लगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ ।

    मंगलबार पार्टी निर्णयको आधिकारिक माइन्युट भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर आयोगलाई विवरण दिएको हो ।

    ओली पक्षले केन्द्रीय सदस्यको संख्या अद्यावधिक गर्न निर्वाचन आयोगसमक्ष २६० सदस्यको सूची पठाएको छ ।

    यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी सदस्य रहेको एमालेमा मंगलबार थप नाम थपेर २६० सदस्य रहेको विवरण आयोगमा पठाएको हो ।

    अब पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत केन्द्रीय सदस्यका लागि माधव नेपाल समूहलाई ५२ जना केन्द्रीय सदस्यको साथ चाहिनेछ ।

    उता संसदमा एमालेका २०३ सांसद रहेकाले नेपाल पक्षलाई पार्टी फुटाउन ४१ सांसदको सहमति आवश्यक हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार