Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • लागूऔषध सहित सरकारी कर्मचारी पक्राउ


    मंगलबार, भाद्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीबाट एक सरकारी कर्मचारी लागूऔषध सहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा जिल्लाको धनकौल गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत जयकिशोर सिंह रहेका छन् ।

    प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सिंहलाई ३७१ थान लागूऔषधक कोडवेल बोतल सहित पक्राउ गरेको हो ।

    स्रोतका अनुसार पक्राउ परेका सिंहले आफू दुई नम्बर प्रदेशको प्रदेश सभाका सदस्य एवं महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बीरेन्द्र सिंहको आफन्त भएको बताउँदै पक्राउ परे पनि कसैले केही गर्न नसक्ने भन्दै उल्टै धम्क्याउने गरेको प्रहरीको भनाइ छ ।

    तर अनुसन्धानबाट उनी मन्त्रीको आफन्त नभएको खुलेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार