Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० प्रतिशतमा दल फुटाउन पाउने अध्यादेश लिएर प्रधानमन्त्री देउवा शीतल निवास पुगे


    मंगलबार, भाद्र १ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दल विभाजन सम्बन्धी अध्यादेश लिएर राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गरेसँगै अध्यादेश प्रमाणिकरणका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास गएका हुन् ।

    मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ ।

    यता एमालेको माधव नेपाल पक्षले विभाजनका लागि नेताहरुको हस्ताक्षर संकलन गरेको छ ।

    ओली पक्षले भने सरकारी कदम अलोकतान्त्रिक र असंसदीय रहेको भन्दै कडा आलोचना गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार