Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीकै पदचाप पछ्याउँदै देउवा


    मंगलबार, भाद्र १ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै अधिवेशन अन्त्य गर्दै माधव नेपाललाई सहज हुनेगरि अध्यादेश ल्याउन तयार भएका छन् ।

    नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा फुटाउने उद्देश्यका साथ दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ । 

    यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए । 

    ओलीले उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीलाई फुटाउन संसद् छलेर २०७७ वैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ ल्याएका थिए । तर यो अध्यादेश ल्याए पनि समाजवादी पार्टी र तत्कालीन राजपाबीच पार्टी एकता भएको थियो । 

    राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा त्यस्ता सदस्यसमेतले नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्यागेको नमानिने रहेको छ । 

    देउवाले पनि त्यही सिको गर्दै एमाले र जसपा फुटाउन संसद छलेर अध्यादेश ल्याउन लागिएको भन्दै विरोध पनि भइरहेको छ । 

    सोमबार राति एमाले अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै पार्टी विभाजन गर्ने षड्‍यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन अपिल गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार