Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन ओलीको अपील (वक्तव्यसहित)


    मंगलबार, भाद्र १ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन्  ।

    सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका हुन् ।

    ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।’ उनले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताएका छन् ।

    एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन् ।

    यस्तै, अध्यक्ष ओलीले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्न अपिलसमेत गरेका छन् । 

    ‘सयौँ शहिदहरुको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य सङ्घर्ष, लाखौँ सदस्यको मेहेनत तथा जनसङ्ख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैँमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ’, उनले भनेका छन्, ‘पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

    उनले आफू पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको समेत बताए । ‘पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु’, जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।’

    यस्तो छ ओलीले जारी गरेको वक्तब्य :

    E87m8cmVkAEW9UL.jpg

    E87m8vqVUBE05H3 (1).jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार