काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्।
सोमबार अबेरसम्म ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले भावी रणनीति तय गर्न आज ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार संसद अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको सूचना पाएपछि बालकोटमा एमाले स्थायी कमिटी अन्तर्गत ओली पक्ष नेताहरुको बैठक बसेको थियो ।
आजको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने बताइएको छ ।
सोमबारको बालकोट बैठकमा सरकारका कामकारबाही र एमाले विभाजन गर्नकै लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेकाले त्यसका बिरुद्ध कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।
उनका अनुसार मंगलबारको बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ।
यद्यपि नेपाल पक्षका नेता युवराज ज्ञवालीले ओलीले बोलाएको दुवै बैठकमा सहभागी नहुने बताउदै उनले भने, ‘स्थायी कमिटी बैठकमा अनिवार्य उपस्थित हुन भन्दै म्यासेज भने आएको छ। तर, हामी बैठकमा उपस्थित हुदैनौं,’ ज्ञवालीले भने, ‘पार्टीमा कुनै सहमति नगरी बैठकमा उपस्थित हुने भन्ने कुरा हुँदैन, बैठकमा जादैनौं।’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend