Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट भयो : सूर्य थापा


    मंगलबार, भाद्र १ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता सुर्य थापाले संसद् अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य नभएको बताएका छन्। 

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा चालु संसद सोमबार राति १२ बजेबाट अन्त्य अत्य गरेकी थिइन् । गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा दोस्रो पटक पुन:स्थापना गरेको थियो । संसद् २९ दिनसम्म चालु रहेको थियो। 

    संसद् अधिवेशन अन्त्य भएपछि नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गर्दै सामाजिक सञ्जालमार्फत  प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य नभएको बताए। 

    ट्विटरमा थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ। गर शेबदे – सकेको गर !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार