Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली काबुल विमानस्थलमा


    मंगलबार, भाद्र १ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।

    तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् ।

    काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४/१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् । सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउन सकेमात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्न सक्ने सम्भावना छ ।

    सरकारले आइतबार नै अफगानिस्तानबाट नेपाली उद्धार गर्ने पहलका लागि परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको छ । साथै मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइट जततउस्ररलभउबअियलकगबिच।नयख।लउ मा व्यवस्था गरिएको अनलाइन रजिस्ट्रेसन पोर्टलमा दर्ता गरी आफ्नो अवस्थाका बारेमा जानकारी दिन आह्वान गरेको छ ।

    अफगानिस्तानमा संकट शुरु भएदेखि नै दुर्गाबहादुरसँग निरन्तर सम्पर्कमा रहनुभएका उहाँका आफन्त प्रेमप्रकाश नेपालीले आइतबार रातिदेखि सम्पर्क गर्न समस्या परेको जानकारी दिँदै विमानस्थलमा भेला भएका यी नेपालीका लागि सरकारले आग्रह गरेझैं अनलाइन पोर्टलमा दर्ता हुन वा मन्त्रालय, कन्सुलर तथा दिल्लीस्थित नेपाली नियोगको मोबाइल नम्बरमा सम्पर्क राख्न सहज नहुने धारणा राख्नुभयो । उहाँले यस्तो अवस्थामा सरकारले अन्य मित्र राष्ट्रको दूतावास वा अन्य कुनै माध्यमबाट आशंकित र आतंकित अवस्थामा रहेका नेपालीसँग सम्पर्क राखेर उद्धार कार्य अघि बढाउनेतर्फ पनि सोच्नु जरुरी भएको बताउनुभयो ।

    राष्ट्रिय भूमि अधिकार मञ्चमा कार्यक्रम व्यवस्थापकका रुपमा कार्यरत प्रेमप्रकाशका अनुसार उहाँको आफन्त पर्ने दुई जना दुर्गाबहादुर र वीरेन्द्रनगर–१० का प्रेमबहादुर नेपालीसँगै अर्का एक जना सुर्खेत, लेकवेंशी–४ का प्रेम मच्छेल गरी तीन जना चार महिनाअघि मात्रै काबुलको होटेल रोयल पार्क टावरमा सुरक्षागार्डका रूपमा काम गर्न काबुल पुगेका हुन् ।

    दुर्गाबहादुर भूतपूर्व सैनिक हुनुहुन्छ भने उहाँकै मामा प्रेमबहादुर भने भूतपूर्व सशस्त्र प्रहरी हुनुहुन्छ । उहाँहरूलाई अमेरिकी र जर्मन दूतावासमा सुरक्षागार्ड आपूर्ति गर्ने हार्ड कम्पनीले उक्त होटेलमा काम लगाएको हो । दुर्गाबहादुरका अनुसार उहाँहरूलाई हार्ड कम्पनीले सुरक्षितरूपमा स्वदेश फर्काइदिने वचन दिएको छ ।

    हुन त राष्ट्रपति असरफ घानीले अफगानिस्तान छाडेपछि तालिवान विद्रोहीले विदेशी नागरिकलाई सुरक्षितरूपमा फर्कन दिने बताएको छ । तर, यसअघि काबुल कब्जा गर्ने क्रममा भएको हिंसाका कारण अत्तालिएका अफगान नागरिक र अन्योलमा रहेका विदेशी नागरिकको तँछाडमछाडले यतिखेर काबुल विमानस्थल झनै असुरक्षित बनेको छ ।

    अमेरिकी एयर फोर्स सी–१७ मा चढ्न भएको तँछाडमछाडमा ३ जनाको मृत्यु भएको अपुष्ट खबरपछि काबुलस्थित दूतावासहरूले आफ्ना नागरिकलाई विमानस्थल नजान आग्रह गरेको छ । ती दूतावासले विमानस्थल झनै असुरक्षित रहेको भन्दै आफ्नो निर्देशनबिना विमानस्थल नजान आफ्ना नागरिकलाई सूचना जारी गरेको हो ।

    यस्तो स्थितिमा अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका साथै काबुल विमानस्थलमा पुगेका नेपालीको सुरक्षाको जिम्मेवारी पनि सरकारको काँधमा आइपरेको छ । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार