Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको बालकोट बैठक सम्पन्न, भोलि स्थायी समिति र संसदीय दलको बैठक बोलाइयो


    सोमबार, साउन ३२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले भावी रणनीति तय गर्न भोलि ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले आजै संसद अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको सूचना पाएपछि आज बालकोटमा एमाले स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठक बसेको थियो ।

    बैठकले मंगलबारका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो । मंगलबारको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्ने बताइएको छ । 

    आजको बालकोट बैठकमा सरकारका कामकारबाही र एमाले विभाजन गर्नकै लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेकाले त्यसका बिरुद्ध कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार