Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्बोडिया पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने मोक्तान पक्राउ


    सोमबार, साउन ३२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

    प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार