काठमाडौँ । संसद अधिवेशन अन्त्यसँगै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेकाले एमाले सशंकित भएको छ । एमाले विभाजनका लागि सहज पार्न राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी सरकारले गरेको सूचना पाएपछि एमाले नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका छन् ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेकी छन् ।
एमाले विभाजनकै लागि अध्यादेश ल्याउन लागेको सुईको पाएपछि एमाले अध्यक्ष ओली आक्रोसित भएका छन् । एमालेमा माधव नेपाल र झलनाथ खनालले समानान्तर गतिबिधि गर्दैआएका छन् । नेकपा एक हुँदा पार्टीको निर्णय नमान्ने ओलीले एमाले ब्यूँतिएपछि माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा पेल्दै एक्लौटी ढंगले निर्णय गर्दैआएका छन् ।
अध्यादेश ल्याएर एमाले कानुनी रुपमै विभाजन गर्न लागिएको भन्दै ओलीले बालकोटमा स्थायी समिति बैठक बोलाएर माधव नेपाल पक्षलाई कारबाही गर्ने, सांसदबाट निकाल्नेसम्मको कारबाहीको तयारी गरेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कारबाही गर्ने गरी ओली अगाडि बढेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend