काठमाडौं । आइतबार राति विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेहरुको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ ।
विमान चढ्नका लागि मानिसहरुले मानिसहरु ज्यान नै जोखिममा राखेकाे देखिन्छ ।
यसैक्रममा सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर २ जनाको मृत्यु भएको छ । सैन्य जहाजको चक्कामा लुकेका यात्रुहरु विमान उड्ने बित्तिकै खसेका छन् ।
अस्भाका न्यूज एजेन्सीले जारी गरेको भिडियोमा २ मानिस विमानबाट खसेको देख्न सकिन्छ। न्यूज एजेन्सीले उनीहरूलाई विमानबाट फालेको दाबी गरेको छ। यसले फेरि मानिसलाई केही हदसम्म त्रसित बनाइरहेको छ।
भिडियो :