Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारोना खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयकाे आग्रह


    सोमबार, साउन ३२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

    केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारी आएको भन्दै मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको हाे ।

    विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र शुल्क लिनेउपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

    1629105143-OkAor.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार