Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक राजस्व, सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धानमा महानिर्देशक फेरिंदै


    सोमबार, साउन ३२ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभाग र प्रधानमन्त्री कार्यालय अन्तर्गतका २ वटा विभागका महानिर्देशक फेरबदल हुने भएका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई पठाउन लागिएको छ । पौडेल संचार तथा सूचना प्रविधि मन्त्रालयबाट एक साताअघि अर्थमन्त्रालयमा सरुवा भएका थिए ।

    प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई पठाउन लागिएको छ । पौडेल हाल बाणिज्य, आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका महानिर्देशक छन् ।

    सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम भट्टराईलाई लैजाने तय भएको छ । भट्टराई हाल भक्तपुरका प्रमुख जिल्ला अधिकारी छन् । 

    हाल आन्तरिक राजस्व विभागको महानिर्देशक झक्कप्रसाद आचार्य छन् । राजस्व अन्ुसन्धानको महानिर्देशक रामप्रसाद आचार्य छन् भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देश्क गजेन्द्र ठाकुर छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार