काठमाडौं । अफगानिस्तानको सत्ता आइतबार रातिबाट २० वर्षपछि विद्रोही संगठन तालिवानको नियन्त्रणमा आएको छ ।
३४ मध्ये २६ प्रान्तलाई नियन्त्रणमा लिँदै तालिवानका लडाकु राजधानी काबुल प्रवेश गरेसँगै अफगानका राष्ट्रपति अशरफ गनी आइतबार राति मुलुक छाडेर ताजिकिस्तान शरण लिन पुगे । यसले डेढ दशक अघिको नेपालमा भएको घटनालाई स्मरण गराएको छ ।
सोमबार बिहानैदेखि अफ्गानको घटनासँग पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका बारे सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।
कांग्रेस, एमालेसहित तत्कालीन सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीले २०६२/०६३को दोस्रो जनआन्दोलन भएसँगै तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन समाप्त भएर सत्ता राजनीतिक दल र विद्रोही माओवादीको हातमा पुगेकाे थियाे ।
यसरी दुई शताब्दी इतिहास बसेको राजसंस्थाको विधिवत् अन्त्य सँगै १५ दिनभित्र पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न समयावधि दिएको थियो ।
राजसंस्थाको अन्त्य र दरबार छाड्न अल्टिमेटम दिइएपछि पूर्वराज परिवारका सदस्यहरुले मुलुक छाड्ने निकै गाइँगुइँ चलेको थियो ।
यही बेला नारायणहिटी दरबारमा पूर्वराजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर जनताको नासो जनतालाई जिम्मा दिएको र आफू मातृभूमिमै बसेर जनताको सुखदुःखमा रहने बताए ।
देश र जनता संकटमा परेका बेला अफगान राष्ट्रपति अशरफ गनी मुलुक छाडेर भागेपछि पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा भइरहेको छ । सत्ताबाट च्यूत भए पनि मुलुकभित्रै रहेका पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारकोबारे प्रशंसा भइरहेको हो ।
यसरी सामाजिक सञ्जालमा पूर्वराजपरिवारको तारिफ गर्नेमा पूर्वउपप्रधानमन्त्री कमल थापा पनि एक हुन् ।
फेसबुकमा थापाले लेखेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानी जनतालाई वेवारिसे बनाई अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend