Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, साउन ३२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाले बढेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाले घटेको हो ।

    आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज केही घटेर तोलाको ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार