Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेसीलाई बिर्सदै बार्सिलोना, सिजनको पहिलो खेलमा शानदार जित


    सोमबार, साउन ३२ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार जित निकोलेको छ।

    आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गर्दै शानदार जित निकालेको हो। 

    बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरे। रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए।

    खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोल १९ औं मिनटमा पिकेले गरका थिए। त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए । 

    पहिलो हाफमै दुई शुन्यको नतिजा निकालेको बार्सिलोनाले दोश्रो हाफमा थप दुई गोल गर्यो। जसमा खेलको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए।

    खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो। जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो। 

    तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिेलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। यससँगै बार्सिलोनाले लिगमा शुखद  शुरुवात गरेको छ। उसले एक खेलबाट ३ अंक जोडेको छ। यता सोसिडाडले भने हारबाट सीजनको सुरुवात गरेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार