काठमाडौं । अमेरिकन सहयोग परियोजना मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे स्पष्ट पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब सृजना भएकाे छ ।
शनिबारबाट माओवादीको केन्द्रीय समितिको बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरुले एमसीसीबारे स्पष्ट पार्न अध्यक्ष प्रचण्डसहित नेतृत्व तहलाई दबाब दिएका हुन् ।
केही समूहका नेताहरुले एमसीसी खारेजसमेत गर्नुपर्ने सुझाव दिए पनि धेरैले एमसीसीबारे स्पष्ट पार्न भनेका छन् ।
प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ मा अमेरिकासँग एमसीसी सम्झौता भएको थियो । उक्त सम्झौता अनुमोदनका लागि संघीय संसदमा दर्ता भएको छ । तर, संसदमा विचाराधीन अवस्थामा रहेका बेला माओवादीभित्र स्पष्ट पार्न नेतृत्वमाथि दबाब परेको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले पेस राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि आइतबार समूहगत रुपमा छलफल भएको छ ।
उक्त प्रस्तावमाथि ८ वटा समूहमा छलफल भएर समूहका नेताहरुले सुझावसमेत दिइसकेका छन् । छलफलको निष्कर्षसहित सुझाव दिनेक्रममा समूहका नेताहरुले एमसीसीबारे प्रष्ट पार्न अध्यक्ष प्रचण्डमाथि दबाब दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend