Nepal Face
  • आइतबार, १० साउन २०८३
  • द्वन्द्वग्रत अफगानिस्तानमा भएका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊ :राप्रपा


    आइतबार, साउन ३१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले द्वन्द्वग्रत क्षेत्र अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    राप्रपाका अध्यक्षहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै  भनेका छन्, ‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ ।

    यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ द्वन्द्वग्रत क्षेत्र अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार