Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशमा हिउँदे अधिवेशन आह्वान


    आइतबार, साउन ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन  भदौ १ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । लुम्बिनी प्रदेश सभाको  ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत लिने तयराी गरेको स्रोतले जनाएको छ । केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए । नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

    प्रदेश प्रमुख अमिक शेरचनले गएको शुक्रबार मात्रै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका थिए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार