काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे सुरु हुने भएको छ
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेस गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल सुरु हुने कार्य तालिका रहेको पार्टी नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसअघि केन्द्रीय सदस्यहरुलाई आठ वटा समूहमा विभाजन गरी पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल गराइएको थियो। आजको बैठकमा सबै समूहहरुबाट छलफलको निष्कर्षको रुपमा रिपोर्ट प्रस्तुत गरिने प्रवक्ता श्रेष्ठले बताए।
अध्यक्ष प्रचण्डले शनिबारको बैठकमा आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव कम्तीमा पेश गरेका थिए । सो प्रस्तावमा आगामी निर्वाचनसम्म वाम-लोकतान्त्रिक गठबन्धन कायम राख्ने लगायतका विषय छन् ।
सदस्यहरुको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गर्ने र पार्टीको सांगठनिक संचरना तथा राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ ।
प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend