Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान


    आइतबार, साउन ३१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल। लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । 

    प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको छ ।

    देश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

    प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार