Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आगामी पुष ११ -१३ मा राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव


    शनिबार, साउन ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका छन् ।

    शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  

    उक्त प्रस्तावमा आउँदो पुस ११, १२ र १३ मा महाधिवेशन गर्ने उल्लेख छ । यस्तै उक्त प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता वितरण गर्ने, असोज १० गतेसम्म सबै टोल टोलमा सेल कमिटी गठन गर्ने, असोज २० गतेभित्र वडा भेला गरिसक्ने र असोज ३० गतेभित्र गाउँपालिका र नगरपालिकाको सम्मेलन सक्ने कार्ययोजना छ।

    साथै कात्तिक ३० गते जिल्ला, मंसिर १५ गते प्रदेशको सम्मेलन सकेर पुस ११ देखि १३ सम्म राष्ट्रिय महाधिवेशन गर्ने लगाएतका कुराहरु प्रचण्डको प्रस्तावमा उल्लेख  रहेको श्रेष्ठको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार